असार ११, २०८१ काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ। त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्।