Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

जसले जे भनेपनि गणतन्त्रको विकल्प छैनः सभापति देउवा

मंसिर ११, २०८० काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।” उहाँले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताउनुभयो । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् रु यो प्रश्नमा उहाँले भन्नुभयो, “को अत्तालियो रु हामी अत्तालिएका छैनौँ ।”