Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि बस्दै

साउन १६, २०८० काठमाडौं । सत्तारुढ नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।