साउन २२, २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।