Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

मेलम्चीको पानी ३२० स्थानमा चुहावट

बैशाख ७,२०७८ काठमाडौं । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिनुुभयो ।