फागुन ५, २०७७ काठमाडौं । दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसैको क्यासकेड प्रोजेक्ट तामाकोशी ५ जलविद्युत आयोजनाको निर्माण कार्य पनि अघि बढेको छ । बिगु गाउँपालिका वडा नम्बर– ३ मा निर्माण हुँने ९९ दशमलव ८ मेगावाट क्षमाताको तामाकोशी ५ जलविद्युत आयोजनाको मुख्य कार्यालय, आवासगृह लगायतको निर्माण कार्य अघि बढेको हो ।