जेठ १, २०७८ काठमाडौं । नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा शुक्रबार भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए । त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ । बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए ।