माघ ९, २०७७ काठमाडौं । भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो । हृदयघात भएर उपचारको लागि काठमाडौ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको पारिवारिक श्रोतले बताएको छ । सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए ।