बंगलादेशको एक दिवसीय क्रिकेट टिमका कप्तान मासरफे मोर्टाजा डिसेम्बर ३० मा हुन लागेको संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । बंगलादेशको सत्तारुढ दल अवामी लिगबाट उनले चुनाव लड्न लागेका हुन् । बंगलादेशको ११ औं संसदीय निर्वाचनमा मोर्टाजा आफ्नो गृह जिल्ला नरेलको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।