फिफा विश्वकप फुटबल २०१८ अन्र्तगत दोस्रो सेमिफाइनल खेलमा आज (बुधबार) इग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको मस्को स्थित लुज्निकी रंगशालामा नेपाली समयअनुसार ११ः४५ मा खेल शुरु हुनेछ । दुवै टिम आजको खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछन् । सन् १९६६ मा विश्वकपको उपाधी उचालिसकेको इग्ल्यान्डसँग दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया भिड्दैछ । क्रोएसिया यसअघि फ्रान्सले आयोजना गरेको सन् १९९८ को विश्वकपमा तेस्रो भएको थियो ।