पुस ४, २०८० काठमाडौं भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको छ । भारतले दिएको २११ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो। उसका लागि टोनी डी जोर्जीले अविजित रहँदै ११९ रनको शतकीय पारी खेले। १२२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का लगाए।