फागुन १, २०८० काठमाडौं । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई दिएको निर्देशन कार्यान्वयनमा गएको छ । नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया प्रक्रिया खारेज गर्न समितिको आइतबारको बैठकले सरकारलाई निर्देशन दिएको थियो ।