Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा, ३ जनाको काज सरुवा गर्ने निर्णय

माघ २३, २०८० काठमाडौं । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ६ जना न्यायाधीशको सरुवा गरेको हो। यस्तै, ३ जना जिल्ला न्यायाधीशको काज सरुवा गर्ने निर्णय भएको छ।