Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

नवलपरासीमा नगरपालिकाबाट तलब, भत्ता लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति

माघ १४, २०८० काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरेको मेयर विमला अर्यालले बताउनुभयो ।