माघ १६, २०८० काठमाडौं । मिटरब्याज पीडितले न्यायका लागि फेरि आजदेखि पैदलमार्च गर्दैछन् । यसपटक पूर्वको झापा र पश्चिमको कञ्चनपुरदेखि एकसाथ पैदलमार्च लिएर उनीहरू काठमाडौं आउन लागेका हुन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार झापा र कञ्चनपुरबाट एक साथ पैदलमार्च प्रारम्भ हुन लागेको जानकारी दिएको छ ।