Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

पोखराको प्राइम सहकारी ठगीः ६६ जनाविरुद्ध मुद्दा दायर

जेठ २८, २०८१ काठमाडौं । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।