Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

हाफ पाइन्ट लगाएको भन्दै मेरो चालकलाई सिंहदरबार छिर्न दिइएन्ः सांसद न्यौपाने

जेठ २०, २०८ काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसद् र सिंहदरबारमा सबैलाई समान व्यवहार हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सांसद र जनतालाई संसद् भवन र सिंहदरबारमा फरक व्यवहार भएको बताइन् । ‘दूर दराजका जनताहरू काठमाडौँ आउन पनि गाह्रो हुन्छ । काठमाडौँ आएका जनताहरू संसद् भवन हेर्न चाहन्छन् । संसद् भवनमा आएर माथि (बालकुनी) जान लाग्दा रोकिन्छ । कारण के रहेछ भनेर मैले साध्दा ‘खुट्टामा चप्पल लगाएका छन् । त्यसैले रोकियो’ । माथि जान पाइँदैन भनिन