जेठ १४, २०८१ काठमाडौं । मोरङको छुट्टा छुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । लेटाङको राजा–रानी पोखरी र कटहरीको सुखानी खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो । राजारानीमा पानी जम्मा गर्नका लागि स्थानीय उपभोक्ताले वनभित्रको जमिनमा बनाएको पोखरीमा डुबेर मोरङको केराबारी गाउँपालिका-९ का ५९ वर्षीय भक्तबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।