जेठ २८, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार ११ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७३ लाख ११ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २१ हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७३ लाख ११ हजार ६३१ पुगेको छ । ३३