वैशाख २६,२०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ । ३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३ लाख ४० हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्दा ३० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।