जेठ १३,२०७७ काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् । २८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ भने ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सम्म