वैशाख २, २०७७ दिल्ली । भारतमा जारी लकडाउन मे ३ (वैशाख २१ गते)सम्म लम्ब्याइएको छ । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् । सबै क्षेत्रबाट लकडाउन लम्ब्याउनेबारे सुझाव आएकाले यस्तो निर्णय गरिएको उनले बताए। यसअघि घोषणा गरिएको लकडाउन मंगलबार सकिँदैछ। कोभिड–१९ को संक्रमण देखिएयता प्रधानमन्त्री मोदीको राष्ट्रका नाममा यो चौथो सम्बोधन हो।