Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

कोरोना संक्रमण फैलिने देशको संख्या २ सय ५,संक्रमितको संख्या १० लाख ९६ हजार ८ सय ८२ पुग्यो

चैत २२,२०७६ काठमाडौं । कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिँदा संक्रमितको संख्या १० लाख ९६ हजार ८ सय ८२ पुगेको छ । अहिलेसम्म १० लाख ९६ हजार ८ सय ८२ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २८ हजार ३ सय ७० जना उपचारपछि निको भएका छन् । ८ लाख ९ हजार ३ सय ७८ जनाको उपचार चलिरहेको छ । ५९ हजार १ सय ३४ जनाको ज्यान गएको छ