अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

पाकिस्तानः पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय, ८७ मिलियन रुपैयाँ जरिवाना

माघ १७, २०८० काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधवार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो ।