समाचार हरु
प्रमुख समाचार
 

अब खरका छाना भएका घर फोटोमा मात्रै देखिनेछन्ः प्रधानमन्त्री ओली

फागुन १८,२०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फुस (खर) का छाना भएका घरलाई अब टिन (जस्ता) का छानाका घरले विस्थापित गर्ने बताएका छन् । देशैभर फुसका छाना भएका घर विस्थापनमा सरकारले अभियानै सुरु गरेको जनाए । झापाको विर्तामोड–७ गरामनीमा ३७ विपन्न परिवारका लागि निर्मित आवास गृहको मंगलबार उद्घाटनपछि बोल्दै ओलीले सबै फुसका छानाका घरलाई टिनका छानाबाट विस्थापित गराउने अभियान देशभरी चलाउन सरकार लागेको बताए । ‘फुसका छाना विस्थापनका लागि सरकारले बजेट पठाउँछ, तपाईंहरुले अगुवाई गर्नुहोस्’, स्थानीय