
पुस २२, २०८० काठमाडौं । सर्लाहीको हजरियाबाट काठमाडौंमा आएर पेशा व्यवसाय गर्दै बसेकाहरूको साझा संस्था हजरिया सेवा समाजको अध्यक्षमा नरेश थापा चयन भएका छन् । समाजको ५ औँ महाधिवेशन तथा साधारण सभाले शनिबार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।