असार १७, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौँ युवाहरूले जीवनको उर्जाशील समय गणतन्त्रको आन्दोलनमा खर्चिएको दाबी गरेका छन्। आइतबार बिहान बालुवाटारमा नेपाली प्रतिभाशाली कलाकारसँगको भेटघाटमा प्रचण्डले राजनीतिक दल र नेताहरू सबै उस्तै नभएको बताएका हुन्। ‘झट्ट हेर्दा लाग्न सक्छ- राजनीतिक दल र नेताहरू सबै यस्तै हुन्। तर, यथार्थ त्यो होइन। मैले पार्टी र नेताहरू यस्तै हुँदैनन्। नेपालमा आज संघीय लोकतान्त्रिक गणतन्त्र जसरी स्थापना भएको छ, यो साना दुखले प्राप्त गरेको व्यवस्था होइन।