असार १०, २०८० काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १० बजे बस्ने बैठकको सुरुमा विनियोजन विधेयक, २०८० उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । छलफलमा सांसदहरू डा. अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।