कार्तिक ७,२०७८ काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने खेलमा नेतृत्व तह लिप्त हुँदा काँग्रेसमाथि वैधानिक प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा आइतबार नेपाल प्रेस युनियनद्वारा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।