फागुन २६,२०७७ काठमाडौं । कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ। कोभ्यााक्सले पहिलो लटमा उपलब्ध गराउने भनेको खोप कम मात्रामा आइपुगेपछि सरकारले पूर्वघोषित उमेर समूह ५५ बाट बढाएर ६५ वर्षमाथिकालाई मात्र खोप अभियान सुरु गरेको छ।