Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

अदालतहरु सामान्य अवस्थामा फर्कंदै, मुद्दाको कारबाही हुन थाल्यो

मङ्सिर ५,२०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि मुद्दाको सुनुवाइमा कमी गरेको सर्वोच्च अदालतले दशैं-तिहारको बिदापछि पूर्णरुपमा कारबाही थालेको छ । सर्वोच्च अदालतका एक अधिकृतले तिहारको बिदापछि मुद्दाको कारबाही पूर्णरुपमा थालेको जानकारी दिए । हिजो बिहीबार मात्र सर्वोच्च अदालतमा १ सय २० थान मुद्दा पेसीमा चढेका थिए । तीमध्ये १८ थान मुद्दा फैसला भए भने ३७ वटामा आदेश भएको सर्वोच्च अदालतबाट थाहा भएको छ । पेसीमा चढेका मुद्दामध्ये २३ थान स्थगित भएका थिए ।