मङ्सिर १६,२०७७ काठमाडौं । मानवअधिकार उल्लंघनकर्ताको सूचीमा परेका व्यक्तिलाई विदेश जान समस्या पर्ने देखिएको छ। राष्ट्रिय मानवअधिकार आयोगले असोजमा २ सय ८६ जनाको नामसहितको सूची सार्वजनिक गरेको थियो। यसबारे विदेशी दूतावास र कूटनीतिक क्षेत्रबाट सरोकार राखेको आयोगले जनाएको छ। सरकारका तर्फबाट भने दुई महिनासम्म कुनै प्रतिक्रिया आएको छैन। आयोगले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा डिसेम्बर १० मा यही विषयमा छलफल चलाउने भएको छ। संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी ग