Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

अध्यक्षद्वय ओली र ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै

मंसिर ११, २०७७ काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको छ । पार्टीभित्र आन्तरिक विवाद आउँदा दुवै अध्यक्षबीच छलफल हुने गरे पनि यसपटक झन्डै तीन सातादेखि संवाद हुन सकेको छैन । सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीति प्रस्तावसँगै अध्यक्षद्वयको विश्वासमा संकट पैदा भएको हो । पार्टी एकीकरणपछि सांगठनिक र सरकार गठनमा समन्वय गरेर अगाडि बढेका अध्यक्षद्वयबीच पार्टी एकीकरणपछि अहिले निकै ठूलो संकट देखापरेको छ ।