असोज २४,२०७८ काठमाडौं । दशैँ नजिकिँदै छ । दशैँको धार्मिक, सामाजिक पक्ष र महत्व आफ्नै ठाँउमा छ, यसको सांस्कृतिक पक्ष पनि छ । खासगरी, आफन्तहरुसँग बसेर रमाइलो गर्ने, टीका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिने एउटा महत्वपूर्ण अवसर पनि हो, दशैँ पर्व । त्यस्तै, दुःख गरेरै भए पनि मिठो मसिनो खानुपर्ने रुपमा सदियौँदेखि दशैँलाई लिइदैँ आएको छ । दशैँ लागेसँगै हाम्रो खानपानमा समेत परिवर्तन आउँछ । विशेषतः विभिन्र परिकार तथा मासुजन्य पदार्थको प्रयोग यस समयमा बढी हुने गर्दछ । अरु समयमा भन्दा दशैँमा खसी, बोक