असोज १०,२०७८ काठमाडौं । सधैँभरि स्याउ पाकेपछि बेच्न कहाँ लाने भन्ने चिन्तामा रहने बाजुराका स्याउ कृषक यो वर्ष भने त्यति चिन्तित छैनन्। बरु जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले स्याउ बेच्न ढुवानीमा अनुदान दिन थालेपछि किसान खुसी भएका छन्। अधिकांश स्याउ आफूले खाने र केही स्याउ आफन्तलाई दिएर सक्ने अनि नसक्नेको बारीमै कुहिएर जाने गथ्र्यो। थोरैले मात्र स्याउ बेचेर थोरै आम्दानी गर्थे। यस वर्ष भने ढुवानी अनुदान दिएपछि निकै सहज भएको किसानले बताएका छन्।