असोज ४, २०७८ काठमाडौं । सरकारले साक्षरता अभियान सञ्चालन गरेको १३ वर्ष भइसक्दा पनि अझै २३ जिल्ला साक्षर जिल्ला हुन सकेको छैन । साक्षरता अभियानमा हालसम्म ५४ जिल्ला मात्र साक्षर घोषित भएको छ । सरकारले हरेक वर्षको बजेट भाषण र नीति तथा कार्यक्रममा साक्षरता अभियानलाई समावेश गरी झन्डै ३ अर्ब रुपियाँ खर्च गरिसक्दा समेत यो अभियानले सफलता पाउन सकेको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश–१ को ताप्लेजुङ र सोलुखुम्बु, प्रदेश-२ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्