जेठ १९,२०७८ काठमाडौं । कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस)बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्या