Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य थापालाई पदमुक्त नगर्न आदेश

जेठ २४,२०७८ काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपाल सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन गर्न अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशसँगै थापा पुनःबहाली हुनुभएको छ । “निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजको गण्डकी प्रदेशसभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु त्था सोसम्बन्धी पत्रचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु नगराउनु”