मंसिर २९,२०७६ काठमाडौं । आगामी पुस ६ र ७ गते विराटनगरमा १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । भाषा, संस्कृति, वेशभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि सम्मेलन गर्न लागिएको मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।