असोज ४,२०७६ काठमाडौं । संयुक्त राष्ट्रघको आह्वानमा हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्वका १५६ देशका जलवायू परिवर्तनका बिरोधीहरुले एकैसाथ र्याली निकालेका छन् । विश्वका सयौं सहरमा प्रदर्शनकारीहरुले जलवायू परिवर्तनबाट आइपर्ने संकटको सामना गर्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताए । १६ वर्षिया स्वीडिस किशोरी ग्रेटा थनबर्गको नेतृत्वमा सुरु भएको जलवायू परिवर्तनविरुद्धको फ्राइडे फर फ्यूचर अभियानले विश्वव्यापी रुप लिएको हो ।