Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग अन्तर्गत सार्वजनिक सुनुवाइ सुरु

कात्तिक २८,२०७६ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धमा महाभियोग जाँच अन्तर्गत पहिलोपटक वाशिङटनमा सार्वजनिक सुनुवाइ सुरु भएको छ । ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो वाइडेनमाथि छानबिन गर्नका लागि युक्रेनका राष्ट्रपति बोलोदमीर जेलेन्स्कीमाथि दबाब दिएको आरोप छ । यद्यपि ट्रम्पले यसलाई लगातार अस्वीकार गर्दै आइरहेका छन् ।