साउन ७, २०७६ काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी हित, सहयोग र सहकार्यका बारेमा छलफल भएको दुवै देशका अधिकारीहरुले जनाएका छन् ।