Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

मिसनका लागि पठाइएको रुसको यान चन्द्रमामा दुर्घटनाग्रस्त

भदौं ३, २०८० काठमाडौं । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो ।