Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

सरकारद्वारा एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन

मंसिर २२, २०८० काठमाडौं । सरकारले एनसेलको शेयर खरिद-बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद(बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।