
कात्तिक ३, २०८० काठमाडौं । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्ने लक्ष लिएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दशैँलगत्तै अफ्रिकाको सर्वाेच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन् । सो शिखर आरोहणका लागि दशैँ टिकाको भोलिपल्ट अफ्रिकाको तान्जेनियातर्फ लाग्ने पाण्डेले बताए । ‘टिकट भइसक्यो, टीकाको भोलिपल्टै त्यता लाग्छु’, उनले भने ।