
कात्तिक २, २०८० काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको दोस्रो खेलमा नेपालले, हङ्कङलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।