Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

पहिलोपटक विद्युत् पुगेपछि भोजपुर ठोटनेरीका स्थानीयमा उत्साह

असोज २८, २०८० काठमाडौं । भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका-२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ । जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री सहयोग गरेपछि स्थानीयको श्रमदानमा गाउँमा विद्युत् सेवा पुगेको हो । चाडपर्व नजिकिएसँगै यस क्षेत्रका ५० बढी घरपरिवारले विद्युत्को सेवा उपयोग गर्न पाएका हुन् ।