
असोज १७, २०८० काठमाडौं । सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू आज पनि आन्दोलनमा उत्रिएका छन्। स्थानीय तहका कर्मचारीहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलमा विभिन्न मागसहित धर्ना दिएका हुन्।