
असोज १७, २०८० काठमाडौं । दोलखामा प्रहरीले विभिन्न समयमा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि भएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरी परीक्षणको लागि सुन चाँदी व्यवसायी संघ क्षेत्रपाटी काठमाडौंमा पठाउँदा उक्त सुन जस्तो देखिने पहेँलो धातु सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखको प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।