Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

विद्युतको तार तान्दै, रामेछापका जनप्रतिनिधि

असोज १५ ,२०८० काठमाडौँ । रामेछापको लिखु तामाकोसी-२ सैपुका जनप्रतिनिधिहरू आफैँ खटेर विद्युतको तार फेर्ने काममा जुटेका छन् । वडाध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि आफैँ खटेर श्रमदान जुटाउँदै गाउँमा तानिएको पुरानो तार फेर्ने काम गरिरहेका छन् । ‘नेपाल विद्युत प्राधिकरणले पहिला नाङ्गो तार तानेको थियो, नाङ्गो तार हुँदा रुखका हाँगाले छोएर बारम्बार लाइन जाने समस्या भएकोले प्लास्टिक कोटेड तार फेर्न लागिएको हो’, उनले भने ।